पाकिस्तानमा सुरक्षाकर्मीमाथि आतंकवादी हमला : तीनको मृत्यु, सातजना घाइते

पाकिस्तानको उत्तर पश्चिम खैबर प्रान्तमा शुक्रबार बिहान भएको दई छुट्टाछुट्टै आक्रमणमा परी एक प्रहरी तथा दुई अर्ध–सैनिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।​

खैबर जिल्लाको संयुक्त जाँच चौकीमा आतंकवादीहरूले आक्रमण गर्दा दुई अर्ध सैनिकको मृत्यु भएको तथा ६ जना घाइते भएको प्रहरी स्रोतले सिन्हालाई बताएको छ ।

स्थानीय समयअनुसार बिहान २ः४५ बजे पाकिस्तान सरकारद्वारा आतङ्ककारी घोषित समूहले विष्फोट पदार्थ र आधुनिक बन्दुकद्वारा आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गर्दा आक्रमणकारीहरू भागेको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार आक्रमणबाट घाइते भएका व्यक्तिहरूलाई उपचारको लागी प्रान्तीय राजधानीस्थित पेशावरको अस्पतालमा लगिएको छ । स्थानीय समय अनुसार बिहान ३ बजे ट्याङ्क जिल्लामा रहेको प्रहरीको हतियार भण्डारण परिसरमा आतङ्ककारीले गोली प्रहार गर्दा एक प्रहरीको मृत्यु भएको छ । भने अन्य एक जना घाइते भएको स्रोतले बताएको छ । 

प्रहरीका अनुसार  प्रहरीको जवाफी कारबाहीपछि आक्रमणहरू घटनास्थलबाट भागेको प्रहरीले बताएको छ । आक्रमणकारीहरूलाई प्रक्राउ गर्नका लागी खोजी जारी रहेको प्रहरीले बताएको छ । घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले नलिएको प्रहरीले जनाएको छ ।   





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार १५:५३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया