logo-img

बालिका करणी गर्ने १९ वर्षीय किशोरलाई जन्मकैद
फाइल तस्बिर

तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो । 

साथै निजलाई ६ लाख जरिवाना र २० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ । निजविरुद्ध ९ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो । 

प्रहरीले निजविरुद्ध २८ असोज २०७९ मा तनहुँ अदालतमा मुद्दा दर्ता गरेको थियो ।  







  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार १६:५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया