पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो, नयाँ मूल्य कति ?
फाइल तस्बिर

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाइएको हो ।

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट आज मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ ।  

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ नभएको निगमले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार २०:४१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया