युक्रेन इयुमा सामेल हुन अझै समय लाग्छ : फ्रान्सेली राष्ट्रपति

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनले युरोपेली संघको अन्तिम सदस्यता प्राप्त गर्न अझै धेरै बाँकी रहेको बताएका छन् ।

युक्रेनको ठूलो कृषि क्षेत्रलाई युरोपेली संघमा स्वागत गर्दा फ्रान्सका किसानमा पर्ने असरबारे सोधिएको प्रश्नको जवाफ दिँदै म्याक्रोनले तयारी गर्न अझै समय बाँकी रहेको जवाफ दिएका छन् । 

‘हामी युक्रेनको इयुमा हुने भनिएको प्रवेशबाट धेरै टाढा छौँ कुनै पनि अवस्थामा विस्तार गर्नुपर्ने भए पनि  हाम्रा नियमहरूमा गहिरो सुधार आवश्यक हुनेछ र यो ठूलो कोष वृद्धिबाट मात्र सम्भव हुनेछ,’ उनले भने ।

राष्ट्रपति म्याक्रोनको यो टिप्पणीबाट युक्रेनले सहजै छिट्टै इयुको सदस्यता पाउने सम्भावना कम देखिन्छ ।   





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार २२:१०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया