गाजा प्यालेस्टाइनको अभिन्न अंग : राष्ट्रपति अब्बास

प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बासले शुक्रबार आफ्नो वेस्ट बैंक मुख्यालयमा एकजना शीर्ष अमेरिकी अधिकारीसँगको वार्तामा गाजा प्यालेस्टिनी राज्यको ‘अभिन्न अंग’ भएको बताएका छन् । 

इजरायलले गाजामा आक्रमण तीव्र पारेपछि संयमका लागि अन्तरराष्ट्रिय आह्वान जारी रहेका बेला यो भेटघाटको विशेष अर्थ राखिएको छ । राष्ट्रपति अब्बासले भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई भने, ‘गाजा प्यालेस्टाइन राज्यको अभिन्न अङ्ग हो ।’

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै सो भेटमा राष्ट्रपतिले कुनै पनि भागलाई अलग गर्ने प्रयास अस्वीकार्य हुने बताएका छन् । राष्ट्रपति अब्बासले भनेका छन्, ‘जारी इजरायली आक्रमणलाई रोक्नका लागि तत्काल आवश्यकत कदम चाल्नु पर्ने र विशेष गरी गाजामा प्यालेस्टाइनी जनतामाथि आजका दिनमा भइरहेको नरसंहारको अन्त्य हुनुपर्छ ।’ 

इजरायली युद्धले निम्त्याएको पीडा र विनाशबाट नागरिकहरूलाई जोगाउन आवश्यक रहेको उनको टिप्पणी छ । सुलिभानको यस क्षेत्रको भ्रमणमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री योभ ग्यालान्टसँगको भेटघाटलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । 





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार २२:३२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया