फोन ह्याकिङ मुद्दामा राजकुमार ह्यारीलाई १.४ मिलियन क्षतिपूर्ति तिर्नुपर्ने

राजा चार्ल्स तृतीयका कान्छा छोरा प्रिन्स ह्यारीले बेलायती ट्याब्लोइड प्रकाशकविरुद्ध आफ्नो फोन ह्याकिङ मुद्दामा ठूलो जित हासिल गरेका छन् । 

लन्डन उच्च अदालतले प्रकाशकहरूलाई ह्याकिङ पीडित राजकुमारलाई १.४ मिलियन पाउन्ड क्षतिपूर्ति तिर्न निर्देशन दिएको छ । 

यस कानुनी सफलतापछि, राजकुमार ह्यारीले ‘सत्य र जवाफदेहिता’को जित भएको प्रतिक्रिया दिएका थिए ।

लन्डन उच्च अदालतका न्यायाधीशले आफ्नो फैसलामा प्रिन्स ह्यारी बेलायती ट्याब्लोइडले गरेको फोन ह्याकिङको सिकार भएको बताउँदै राजकुमारले एक लाख ४० हजार ६ सय पाउण्ड क्षतिपूर्ति पाउने फैसला गरेका छन् ।

राजकुमार ह्यारी लामो समयदेखि कानुनी लडाइँ लडिरहेका थिए । अमेरिकामा बस्दै आएका प्रिन्स र उनकी श्रीमती मेगन मार्कल केही समयदेखि व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न मुद्दाका कारण चर्चामा छन् ।

राजकुमारलाई बेलायती राजगद्दीको पाँचौँ दाबेदार पनि मानिन्छ, तर राजपरिवारबाट उनको दूरी र अन्य केही मुद्दाका कारण निरन्तर चर्चामा आइरहेका छन् ।



लन्डन उच्च अदालतमा मुद्दा जितेका ३९ वर्षीय ह्यारीले मिरर ग्रुप न्युजपेपर्स (एमजिएन)का तीनवटा पत्रिका द मिरर, द सन्डे मिरर र द पिपलविरुद्ध गम्भीर आरोप लगाएका थिए ।

न्यायमूर्ति टिमोथी फ्यानकोर्टले आफ्नो फैसलामा ह्यारीको फोन सन् २००३ को अन्त्यदेखि अप्रिल २००९ सम्म सानो तरिकाले ह्याक भएको बताए । 



उच्च अदालतले ‘ड्युक अफ ससेक्स’ राजकुमार ह्यारीको आरोप ‘आंशिक रूपमा प्रमाणित भएको’ भनेको छ । फोन ह्याकिङसँगै सूचना संकलनका लागि गैरकानुनी तरिका अपनाएको पुष्टि भएको छ ।

जस्टिस फ्यानकोर्टले भने, प्रिन्ससँग सम्बन्धित लेखहरूबाट यो स्पष्ट हुन्छ कि फोन रेकर्डिङमा भएका कुराहरू ठ्याक्कै लेखिएका छन् । यसले ह्याकिङ वा फोन वार्तालापहरू अनाधिकृत सुनेको पुष्टि गर्छ । त्यतिबेला मिरर ग्रुपभित्र फोन ह्याकिङ चलिरहेको थियो । मुद्दा झण्डै २० वर्ष पुरानो भए पनि ‘फोन ह्याकिङ’लाई मात्र पत्रकारिताको औजार मान्न सकिँदैन ।

फैसला पछि एमजिएन ग्रुपका प्रवक्ताले फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिए । साथै उनले धेरै वर्षअघिका घटनाक्रमले अगाडि बढ्ने बाटो खुला गरेको साथै गल्तीहरुको लागि संस्थाले निःशर्त माफी मागेको पनि प्रतिक्रिया दिएका छन् । 

  • प्रकाशित मिति : मंसिर ३०, २०८० शनिबार ८:५३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया