कांग्रेसमा नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहियाे : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई वर्षपछि पार्टीकाे नयाँ नेतृत्व चयन हुने बताएका छन् । शनिबार बागलुङको गलकोटमा आयोजित कार्यक्रममा उनले कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताए । 

‘आगामी फागुनमा हुने महासमिति बैठकले पार्टीलाई दिशानिर्देश गर्छ, त्यसपछिको महाधिवेशनबाट नयाँ ऊर्जासहितको नेतृत्व आउँछ’, महामन्त्री शर्माले भने, ‘पुरानो भावना र नयाँ विश्वाससहितको कांग्रेस देशलाई चाहिएको छ।’

महामन्त्री शर्माले देशलाई अब विकास मात्र नभएर गुणस्तरीय विकास चाहिएको पनि बताए। कमजोरी सुधारेर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वले देश र जनताको हितमा काम गर्नुपर्ने उनले बताए।





  • प्रकाशित मिति : मंसिर ३०, २०८० शनिबार १३:२५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया