logo-img

प्रिमियर लिगमा चेल्सीको सहज जित
फाइल तस्बिर

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । शनिबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले हरायो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको हो । ५४ औं मिनेटमा रहिम स्टर्लिङको पासमा कोल पालमरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

यसैगरी ६१ औँ मिनेटमा पालमरको पासमा निकोलस ज्याकसनले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । 

जितपछि चेल्सी १७ खेलबाट २२ अंकका साथ तालिकाको दशौँ स्थानमा उक्लिएको छ भने पराजित भएको सेफिल्ड युनाइटेड १७ खेलबाट ८ अंकका साथ पुछारमा रहेको छ ।
 






  • प्रकाशित मिति : पुस १, २०८० आइतबार ९:४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया