logo-img

कुवेतका राजाको निधनमा नेपालले सोमबार शोक मनाउने

कुवेतका राजा नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ । अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले सोमबार देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । 

कुवेतका अमिर अल सबाको मंसिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको हो । नेपाल सरकारले स्वर्गीय अमिरको निधनमा कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति समवेदना व्यक्त गर्दै शोक मनाउने निर्णय गरेको हो । 







  • प्रकाशित मिति : पुस १, २०८० आइतबार २१:५६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया