logo-img

नेपाल संस्कृत विश्वविद्यालयको राष्ट्रिय अधिवेशन : केन्द्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघको सातौँ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । ११ सदस्यीय केन्द्रीय कार्य समिति र १३ जना महाधिवेशन प्रतिनिधि चयन गर्दै आइतबार सो अधिवेशन सम्पन्न भएको हो । 

अधिवेशनको उद्‍घाटन शुक्रबार नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका थिए । शनिबार बन्द सत्र र आइतबार सर्वसम्मतरूपमा निर्वाचनको कार्यक्रम सम्पन्न भएको हो । 

निर्वाचनमा नेपाली कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघका तर्फबाट सभापति, उपसभापति, महासचिव, कोषाध्यक्ष, दुई सदस्य तथा सातजना केन्द्रीय महाधिवेशन प्रतिनिधि गरी १३ जना निर्वाचित भएका छन् । 



संघको केन्द्रीय सभापतिमा प्रा.डा.मुकुन्दप्रसाद लामिछाने निर्वाचित भए । यस्तै, उपसभापतिमा   विष्णुप्रसाद पन्थी, महासचिवमा डा. नारायणप्रसाद बराल, सचिवमा सुधीरकुमार शर्मा, कोषाध्यक्षमा लोमशकुमार लामिछाने निर्वाचित भए ।  

यस्तै, सदस्यमा दामोदर गौतम, मेघराज शर्मा, तेजप्रकाश पौडेल, कृष्णगोपाल अधिकारी, कैलाश झा र शेषनारायण मरासिनी निर्वाचित भएका छन् । 

त्यस्तै, नेकपा एमालेनिकट प्रगतिशील प्राध्यापक संगठनका तर्फबाट कोषाध्यक्ष, तीन सदस्य र पाँच केन्द्रीय महाधिवेशन प्रतिनिधि गरी नौजना निर्वाचित भएका छन् । 



त्यस्तै, माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनबाट केन्द्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिमा एक/एकजना निर्वाचित भए ।

निर्वाचितको विवरण :



  • प्रकाशित मिति : पुस २, २०८० साेमबार ११:३२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया