एकल पुरुषका लागि मासिक एक हजार सामाजिक सुरक्षा भत्ता

इलामको देउमाई नगरपालिकाले एकल पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ । संघीय सरकारले एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिए पनि पुरुषका लागि यस्तो व्यवस्था गरेको छैन । 

देउमाईले भने ६० वर्ष उमेर पुगेका एकल पुरुषका लागि एक हजार मासिक भत्ता वितरण गर्दै आएको छ । त्यसका लागि  अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेको वा पत्नीको मृत्यु भई अर्को विवाह नगरेको हनुुपर्नेछ ।

गत आर्थिक वर्षमा देउमाईले यसबापत २४ लाख ८४ हजार भत्ता उपलब्ध गराएको थियो । नगरभित्रका दुई सय सात जना एकल पुरुषले सो सेवा लिएको लेखा कार्यालयले जनाएको छ । 

सो नगरपालिकाले ४५ वर्ष उमेर पुगेका अविवाहित महिला र तेस्रोलिंगीलाई पनि भत्ता दिँदै आएको छ । ४५ वर्ष उमेर पुगेका अविवाहित महिलालाई मासिक एक हजार र तेस्रोलिंगीलाई मासिक पाँच सयका दरले रकम दिँदै आएको छ । गत वर्ष अविवाहित महिलाका लगि १० लाख ५६ हजार खर्च भएको थियो । सो सेवाबाट ८८ जना महिला लाभान्वित भएका थिए । 

तेस्रोलिंगीका लागि भत्ता व्यवस्था गरे पनि हालसम्म कोही लिन नआएको कार्यालयले जनाएको छ । 

चालु आवमा भने गत वर्षको तुलनामा दुईजना थप भएको छ । चालु आवको पहिलो त्रैमासिकमा ९० जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले रु दुई लाख ७० हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आवमा ४५ वर्ष उमेर पुगेका अविवाहित महिला भत्ताका लागि रु १० लाख विनियोजन गरेको छ ।  





  • प्रकाशित मिति : पुस २, २०८० साेमबार २२:१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया