logo-img

भारतको तामिलनाडुमा भारी वर्षा, रेल र हवाई उडान रद्द

भारतको दक्षिणी राज्य तामिलनाडुमा भारी वर्षाका कारण स्थानीय वस्तीहरू डुबानमा परेका छन् । यस्तै, वर्षाकै कारण रेल तथा हवाई उडान सेवा रद्द गरिएको अधिकारीहरूले सोमबार बताएका छन् ।

भारतीय मौसम विज्ञान विभागका अधिकारीहरूले हिन्द महासागर र दक्षिण पश्चिम बङ्गालको खाडीमा श्रीलङ्काको दक्षिणी तटमा चक्रवाती सञ्चारको प्रभावका कारण वर्षा भएको बताएका छन् ।

मौसम विज्ञान केन्द्रका अनुसार कन्याकुमारी, तेनकासी, तिरुनेलवेली र थुथुकुडी जिल्लामा अझै २४ घण्टा भारी वर्षा हुनेछ । अभूतपूर्व वर्षाले धेरै क्षेत्रहरू जलमग्न भएपछि स्थानीय अधिकारीहरूले सबै विद्यालय र क्याम्पसहरूमा बिदाको घोषणा गरेका छन् ।



अहिलेसम्म सात हजार ५ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको र उनीहरूलाई ८४ वटा राहत शिविरहरूमा राखिएको छ । बाढीका कारण थुथुकुडीमा सडकहरू पनि भत्किएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार तुतीकोरिन जिल्लामा वर्षाका कारण भएको घटनामा एक जनाको मृत्यु भएको छ । 

लगातारको वर्षाका कारण रेलको लिक बाढीमा डुबेपछि रेल सेवा समेत प्रभावित भएको छ । भारी वर्षाका कारण १७ वटा रेलको पूर्ण वा आंशिक रूपमा सेवा अवरुद्ध बनेको छ ।  





  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार ७:३८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया