एनसेल सेयर खरिदबिक्री प्रकरण : सर्वोच्चले दियाे कारण देखाऊ आदेश

एनसेलको सेयर खरिदबिक्री प्रकरणमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चले यस्ताे आदेश दिएकाे हाे । 

नेपालको कानुनी प्रक्रियालाई छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा सेयर खरिदबिक्री भएको दाबी गर्दै सिंहले गत मंसिर २२ मा सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले उक्त रिटमा कारण देखाउ आदेश दिएकाे हाे ।  

निवेदनमा एनसेल, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आन्तरिक राजस्व विभाग ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएकाे छ । 

न्यायाधीश राउतले उक्त रिटमा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएका छन् ।





  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार १६:१५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया