logo-img

नेपाल-श्रीलंका संयुक्त आयोगको बैठकमा द्विपक्षीय व्यापार र लगानीबारे छलफल हुँदै

नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठक अहिले जारी छ । परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका समकक्षी अली साब्रीसहभागी बैठक काठमाडौंको होटल याक एण्ड यतिमा बसिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

बैठकमा नेपालको तर्फबाट मन्त्री साउदसँगै परराष्ट्र सचिव, श्रीलंकाका लागि नेपाली राजदूत, वाणिज्य, गृह र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन् । त्यस्तै, श्रीलंकाको प्रतिनिधिमण्डलमा काठमाडौंस्थित श्रीलंकाका राजदूत र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी रहेको बताइएको छ । 

बैठकमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने, बढ्दो हावा जडान,संस्कृति, पर्यटन र शिक्षा आदानप्रदान, सार्क र बिमस्टेक प्रक्रियालाई सुदृढ गर्नेलगायत क्षेत्रीय सहयोग लगायतका एजेण्डामा छलफल भइरहेको हो ।



श्रीलंकामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावनाबारे दुई मन्त्रीबीच विचार आदानप्रदान भएको समेत भएको छ ।





  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार १२:४३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया