logo-img

नेप्से परिसूचकमा उच्च अंकको गिरावट

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अंकले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा सीमित भएको छ । 

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आज छ अंकले ओरालो लागेर तीन सय ९६ दशमलव ६२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ भने दुई उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ । 

कूल एक करोड ७१ लाख ७२ हजार एक सय ४९ कित्ता सेयर छ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय ११ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ३० करोड ६८ लाख ६० हजार आठ सय बराबरको सेयर कारोबार भयो । सोनापुर मिनरल्स २५ करोड ४७ लाख ६९ हजार पाँच सय २४, हिमालयन डिस्टिलरी २० करोड छ लाख २० हजार एक सय ६०, हाथवे इन्भेस्टमेन्ट १५ करोड ३६ लाख २० हजार चार सय ९२ र घोराही सिमेन्ट १५ करोड २३ लाख ५० हजार पाँच सय नौबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।



नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरि लघुवित्त, बिपिडब्ल्यू लघुवित्त, चिर्खवा हाइड्रोपावरलगायत कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्स सात दशमलव ४४, उन्नति सहकार्य लघुवित्त सात दशमलव २६, सनराइज फस्ट म्युचुअल फण्ड छ दशमलव ९४, गरिमा विकास लघुवित्त छ दशमलव ९४ र युनियन हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५२ प्रतिशतले गुमाएका छन् । 





  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार १६:३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया