विद्रोही समूहसँग हार खाँदै म्यानमारका सेना

म्यानमारका विद्रोही समूहहरू र जातीय सशस्त्र समूहहरू आफ्नै देशको सेनामाथि भारी पर्न थालेका छन् । पछिल्लो समय म्यानमारको सरकारी सेना र विद्रोहीहरूबीच लगातारजसो द्वन्द्व भइरहेको छ ।

विद्रोहीहरूले चिनियाँ सीमानाका थप महत्वपूर्ण क्रसिङ पोइन्टहरू कब्जा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शान राज्यको उत्तरी भागमा रहेको कोकाङ स्वशासित क्षेत्रको राजधानी लाउक्काङ टाउनसिपको सीमा नाका अहिले विद्रोहीको कब्जामा छ । यो चीनसँगको सीमामा रहेको पाँचौँ क्रसिङ प्वाइन्ट हो ।

चीनले म्यानमारको सैन्य शासनलाई खुलेर समर्थन गर्दै आएको छ । विद्रोहीको यो सफलताले म्यानमारका सैन्य शासक मिन आङ ह्लिङ र चिनियाँ राष्ट्रपति सी चीनपिङको भने चिन्ता बढाएको छ । दुई वर्षअघि म्यानमारको सेनाले नागरिक सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको थियो ।

त्यसयता म्यानमारमा सैन्य शासन छ । म्यानमारको नेसनल डेमोक्रेटिक एलायन्स आर्मी नामक विद्रोही समूहले लौक्काङ टाउनसिपनजिकै रहेको क्रसिङ प्वाइन्ट कब्जा गरेको छ । 

तिनीहरूले यो क्रसिङ पोइन्ट कब्जा गर्न अक्टोबर २७ मा पहिलो आक्रमण गरेका थिए । टाउङ नेसनल लिबरेसन आर्मी र अराकान आर्मीले पनि म्यानमारको सेनामाथि आक्रमण गर्न सेनामा सामेल भएका थिए । यी समूहले आफूलाई थ्री ब्रदरहुड एलायन्स पनि भन्छन् ।





  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार २१:५४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया