logo-img

नेताले देशलाई भ्रष्टाचारको युगमा पुर्‍याए, अर्थतन्त्रका स्रोतमा फेरबदल हुँदा चुनौती थपियो : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थविद् स्वर्णिम वाग्लेले अहिले अर्थतन्त्रका स्रोतहरूमा धेरै फेरबदल आइरहेको बताएका छन् ।

बिहीबार बिहान वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद वाग्लेले कर्मचारी जलवायु परिवर्तन, नेपालीहरू बाहिर बस्ने प्रवृत्तिका कारण अर्थतन्त्रका स्रोतहरूमा बदलाव आइरहेको बताए । 

उनले भने, ‘अहिले अर्थतन्त्रका स्रोतहरूमा पनि धेरै बद्लावहर आइरहेका छन् । अहिले संरचनागत रूपमा जलवायु परिवर्तनका कुराहरू जोडिने महत्त्वपूर्ण कुराहरू भइरहेको छ । ठूला  संरचनागत परिवर्तनहरू भइरहेको छ । तीन करोडमा एक करोड नेपालीहरू बाहिर बस्ने जस्तो सारा कुराले गर्दा नयाँ नयाँ विकासका चुनौतीहरू पनि आउन थालेका छन् । त्यतातिर ध्यान दिन जरुरी छ ।’



सांसद वाग्लेले ठेकदार, नेता र कर्मचारीको मिलेमतो नियुक्तको किनबेच, नीतिको कब्जा, र पूर्वाधारमा चरम भ्रष्टाचार भइरहेको समेत टिप्पणी गरेका छन् । स्वास्थ्य र शिक्षा जस्तो संवेदनाशील कुराहरूमा पनि चरम भ्रष्टाचार भइरहेकाले अर्थतन्त्रका सूचकहरूमा सुधार आउन नसकेको उनको भनाई छ । 

उनी भन्छन्, ‘नियुक्तिहरू बेचबिखन हुने, नीतिगत सेटिङका हिसाबले नियमावली संशोधन गर्ने, कागजात मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेकापट्टाको त कुरै नगरौँ ।’

उनले केही नेताहरूले संवैधानिक अंग नै कब्जा गरेर देशलाई चरम भ्रष्टाचारको युगमा पुर्‍याएको समेत आरोप लगाए ।





  • प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार १२:५५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया