logo-img

‘राजमहल’ बाट चलचित्रमा डेब्यू गर्दै मिस पवि

चर्चित टिकटकर मिस पवि (पवित्रा शाँकी) ले  ‘राजमहल’ बाट चलचित्रमा डेब्यू गर्ने भएका छन् । उनले सविनकुमार तोलांगीको आगामी चलचित्र ‘राजमहल’ बाट मिस पविले डेब्यू गर्न लागेकी हुन्।

टिकटकबाट मिस पविको नामले चर्चामा आएकी उनले यसअघि म्युजिक भिडियो गरिसकेकी छन् । डडेलधुरा घर भएकी उनले डोटेली भाषा बोलेर टिकटकमा चर्चा बटुलेकी थिइन् । नौलो भाषा र आकर्षक लवजका कारण टिकटकमा उनलाई लाखौँले मन पराएका थिए ।

फिल्म  ‘राजमहल’ मा दरबारको कथा समेटिने निर्माण पक्षले बताएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यू निर्देशन रहने सिनेमामा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिने बताइएको छ ।



चलचित्रको छायांकन माघ पहिलो सातादेखि सुरु हुनेछ । 





  • प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार १७:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया