विशेष अदालतको दाबी : पुराना ३५९ थान मुद्दा आउँदो असार मसान्तसम्म फछ्र्यौट गरिसक्छौँ

विशेष अदालतले बाँकी रहेका पुराना ३५९ थान मुद्दा आगामी असार मसान्तसम्म फछ्र्यौट गरिसक्ने लक्ष्य राखेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष अदालतले सो लक्ष्य राखेको हो ।

पत्रकार सम्मेलनमा विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले बाँकी रहेका ३५९ पुराना मुद्दा असार मसान्तसम्म सकिसक्ने कार्ययोजनाअनुसार काम गरिरहेको बताए । उनले अदालतले साउनदेखि आगामी असारसम्म दर्ता हुने नयाँ मुद्दाहरू पनि असारमसान्तसम्म ५० प्रतिशत फछ्र्यौट गरिसक्ने कार्ययोजना रहेको बताए ।

कार्कीले गत साउनदेखि मंसिर मसान्तसम्म ७५ थान मुद्दा नयाँ दर्ता भएको बताए । उनले अघिल्लो आर्थिक वर्ष अर्थात् असार मसान्तसम्म बाँकी रहेका मुद्दा ३५९ थान रहेको बताए । उनले जम्मा लगत भनेको अहिले विशेष अदालतमा ४३४ थान मुद्दा रहेको पनि बताए । 

जसमध्ये १२३ थान (२८.३४ प्रतिशत) फछ्र्यौट भएको उनको भनाइ छ । कार्कीले बाँकी मध्ये पनि विशेष अदालतमा २ वर्ष नाघेका मुद्दा ७२ थान रहेकोमा अहिले  थान सकिएर ७० थान रहेको बताए । विशेष अदालतमा रहेका मुद्दामध्ये गैरकानुनी सम्पति आर्जनका ३३, निर्णयगत (अनियमितता) का २६८, नक्कली प्रमाणपत्र १८, घुस रिसवत मुद्दा ८६ थान, सम्पति शुद्धीकरणका मुद्दा २९ रहेको बताए ।

साउनदेखि मंसिरसम्मको ५ महिनामा १२५ थान मुद्दा फछ्र्यौट लक्ष्य राखेकोमा त्यसमा ११६ थान मुद्दा फछ्र्यौट भएको उनको भनाइ छ ।  नयाँतर्फ ५ महिनामा ११ थान फछ्र्यौट गर्ने लक्ष्य निर्धारण गरेकोमा २ थान फछ्र्यौट भएको बताए । १३६ थान मुद्दा फछ्यौट गर्ने लक्ष्य निर्धारण गरेकोमा ११८ थान फछ्र्यौट भएर (८६.७६ प्रतिशत) फछ्र्यौट भएको बताए ।  



कार्यक्रममा विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवरले विशेष अदालतमा पनि चाँडै नै मुद्दाहरूको अनलाइन दर्ता सुरु गर्ने बताए । उनले सेवाग्राहीको खर्च, समय, श्रोतमा कमी ल्याउनको लागि भर्चुअल हेयरिङ सुरु गर्ने योजना अघि सारिएको बताए ।  

‘७७ जिल्लाबाट वकपत्र गर्नको लागि आफ्नो स्टेटमेण्ट दिनको लागि अदालतसम्म आउनुपर्ने खर्च, समय, स्रोतमा कमी ल्याउनको लागि हामीले भर्चुअल हेयरिङ सुरु गर्ने प्लान गरेका छौँ । छिट्टै हामी स्टार्ट गर्नेछौँ । त्यो भइसकेपछि सेवाग्राहीले प्रत्येक जिल्लाबाट हाफ्नो लयर राखेर मुद्दाको सुनुवाइ गर्न सक्नु हुनेछ,’ कुँवरले भने । 



उनले अनलाइन दर्ता सुरु भइसकेपछि सेवाग्राहीले प्रत्येक जिल्लाबाट आफ्नो वकिलबाट मुद्दाको सुनुवाइ गर्न सकिने बताए । 

  • प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार १८:२४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया