भियतनाममा मङ्कीपक्स संक्रमणबाट ६ जनाको मृत्यु

भियतनामको दक्षिणी इलाकामा मङ्की पक्स सङ्क्रमणबाट ६ जनाको मृत्यु  भएको छ ।  साथै सङ्क्रमणबाट ११७ बिरामी परेको  हो ची मिन्ह शहरको इन्स्टिच्युट पाश्चरले शुक्रबार जानकारी दिएको छ ।

संस्थानले नोभेम्बरदेखि सङ्क्रमणको सङ्ख्या तीव्र रूपमा बढेको जनाएको छ । हो ची मिन्ह शहरस्थित एक अस्पतालका चिकित्सक डा ह्युन थि थ्यु होआले विगत तीन महिनामा अस्पतालमा भर्ना भएका ४९ जनामध्ये ६ जनाको मृत्यु भएको र ४० जना निको भइसकेको जनाकरी दिएका छन् । 

तीन जनाको उपचार भइरहेको पनि उनले जानकारी दिएका छन् । गत अक्टोबरमा भियतनामा मङ्की पक्स सङ्क्रमणबाट पहिलो मृत्युको घटना दर्ता गरिएको थियो ।  





  • प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार २०:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया