इजरायलकाे हमलामा ४८ घण्टामा ३९० प्यालेस्टाइनीको मृत्यु, ७३४ जना घाइते

गाजाको स्वास्थ्य मन्त्रालयले गाजापट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा ३९० प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै, साेही अवधिमा इजरायली सेनाको हमालमा ७३४ जना घाइते भएका छन् ।

मन्त्रालयका अनुसार गत ७ अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि गाजापट्टीमा कम्तीमा २० हजार ५७ जना प्यालेस्टाइनी मारिएका छन् भने ५३ हजार ३२० जना घाइते भएका छन् । 

करिब दुई दिनको अवरोधपछि बिहीबार राति गाजामा सञ्चार र इन्टरनेट सेवा सञ्चालन भएको प्यालेस्टिनी सुरक्षा स्रोतले जनाएको छ । इजरायलले दुई दिनदेखि गाजापट्टीको अधिकांश क्षेत्रमा हवाई, स्थल र समुद्रबाट आक्रमण गरिरहेको छ । 

त्यस्तै, रफाहबाहेक गाजाका अधिकांश क्षेत्रमा इजरायली सेना र सशस्त्र प्यालेस्टिनी गुटहरूबीचको लडाइँ जारी रहेको स्रोतले जनाएको छ। 





  • प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार २२:२५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया