logo-img

साउदी प्रो लिगमा अल नासरको सहज जित, रोनाल्डोको उत्कृष्ट प्रदर्शन
फाइल तस्बिर

साउदी प्रो लिगमा अल–एत्तिफाक एफसीविरुद्ध अल नासरले ३–१ को जित निकालेको छ । शुक्रबार राति सम्पन्न खेलमा नासरको जितमा एलेक्स टेल्स, मार्सेलो ब्रोजोभिक र क्रिस्टियानो रोनाल्डोले एक/एक गोल गरे ।

अल–एत्तिफाकका लागि मोहम्मद अल कुवेकिबीले एक गोल फर्काए । खेलमा अल नारसले ४३औँ मिनेटमा एलेक्स टेल्सको गोलमा अग्रता लियो । ५९औँ मिनेटमा मार्सेलो ब्रोजोभिकले गोल गर्दा अल नासर २–० ले अघि बढ्यो । उनले रोनाल्डोको पासमा गोल गरेका हुन् ।



७३औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै नासरलाई ३–० को अग्रता दिलाए । ८५औँ मिनेटमा मोहम्मद अल कुवेकिबीले एक गोल फर्काए पनि टिमको जितका लागि पर्याप्त भए ।

यो जितपछि दोस्रो स्थानमा रहेको नासरले १७ खेलबाट ४० अंक जोडेको छ । शीर्ष स्थानको अल हिलाले १८ खेलबाट ५० अंक जोडेको छ । यस्तै, अल–एत्तिफाक १८ खेलबाट २४ अंकका साथ तालिकाको आठौँ स्थानमा छ । 





  • प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार २२:५९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया