logo-img

लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तार गरेका छन् । सरकार गठन भएको ८ महिनापछि उनले दुई मन्त्री थप गरेका हुन्। 

चौधरी गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डा नमिल्दा सरकारले पूर्णता पाएको थिएन ।

शनिबार उनले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालय र कांग्रेसबाट प्युठानका सरोज थापा (रोज राणा)लाई वन तथा वातावरण वा उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमध्ये एक दिने तयारी गरेका छन् । 



नवनियुक्त मन्त्रीहरुको शपथ भोलि बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए।





  • प्रकाशित मिति : पुस ७, २०८० शनिबार २०:२९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया