जसपाले बोलायो कार्यकारिणी समिति बैठक, के छन् एजेन्डा ?

जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समिति बैठकको बाेलाएको छ ।  जसपा बैठक मंगलबार बालकुमारीस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बाेलाएको हो ।

अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनमा पार्टीको अवस्था के हुने भन्नेलगायत विषयहरूमा टुंगो लगाउने बताए ।

‘अध्यक्षज्यू, निरन्तर काठमाडौंबाहिर हुनुभयो । नियमित छलफलसमेत हुन पाएको छैन,’ उनले भने, ‘यो बैठकमा समसामयिक राजनीतिक विषयहरूमै छलफल हुन्छ, र राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका विषयमा टुंगो लगाउँछौँ ।’

आगामी फागुनमा पदावधि सकिने २० सदस्यमध्ये जसपाका एक सांसद छन् । त्योसहित जसपाले गठबन्धनमा ४ सिटमा दाबी गर्दै आएको छ । तर, गठबन्धनमा सिट बाँडफाँडको विषयमा अझै टुंगिएको छैन ।
 





  • प्रकाशित मिति : पुस ९, २०८० साेमबार ८:३६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया