logo-img

भाइरल ज्वरोले सतायो ? घरमै यी उपाय अपनाउनुहोस्

पछिल्लो समय काठमाडौंमा मात्र होइन, देशभर गर्मी बढिरहेको छ । यही बीच बेलाबेलामा पानी पनि परिरहेको छ । हामी पानीमा रुझेको खण्डमा हामीलाई रुघाखोकी वा ज्वरो आउन सक्छ । यस्तो बेला भाइरल ज्वरोको सम्भावना बढिरहेको छ । भाइरल ज्वरोको कारण अस्पतालमा बिरामीको संख्या पनि बढिरहेको छ । 

यसबाट छुटकारा पाउन के गर्ने त ? ​यस्ता छन् भाइरल ज्वरोका केही लक्षण र बच्ने केही उपायः

लक्षण



  • घाँटीमा दुखाइ
  • मांसपेशीहरू दुख्नु
  • घाँटी खसखसाइरहनु
  • आँखा पोलिरहेको जस्तो अनुभव हुनु
  • थकाइ महसुस हुनु
  • शरीरको तापक्रम निकै धेरै हुनु

कसरी बच्ने ? 

  • सरसफाइमा ध्यान दिनुहोस्
  • खोक्दा वा आच्छ्युँ गर्दा रुमालले मुख ढाक्नुहोस्
  • खाना अघि राम्रोसँग हात धुने बानी बसाल्नुहोस्
  • उमालेको पानी पिउने गर्नुहोस्


भाइरल ज्वरोबाट राहत पाउनका लागि केही घरेलु उपायः

धेरै पानी पिउनुहोस्ः



भाइरल ज्वरो आउँदा सकेको धेरै पानी पिउने गर्नुपर्छ । यसका साथै जुस तथा क्याफिन नभएको चियाको सेवन पनि गर्दा राम्रो हुन्छ । धेरैजसो फलफूलमा एन्टिअक्सिडेन्ट्स चाहिएको हुन्छ, त्यसको सेवन गर्नु निकै आवश्यक हुन्छ । ज्वरो सँगसँगै पखाला पनि लागेको छ भने जीवनजलजस्ता पेय पदार्थको सेवन गर्नु पर्ने हुन्छ ।

कागतीको प्रयोगः

कागतीलाई बीचबाट काटेर पैतालामा दल्दा पनि ज्वरोबाट आराम मिल्छ । कागतीको टुक्रा मोजामा हालेर रातभर खुट्टामा लगाएर सुत्दा पनि यसले ज्वरो ठिक पार्छ ।  

लसुनः

लसुनको टुक्राहरुले पनि हामीलाई ज्वरोबाट बच्न सहयोग गर्छ । लसुनमा बेसार मोलेर खाँदा पनि हुन्छ वा यत्तिकै दैनिक दुई पोटी लसुन खाँदा धेरै फाइदा पुग्छ । 
 

  • प्रकाशित मिति : पुस ९, २०८० साेमबार १०:५२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया