logo-img

रणवीर र आलिया छोरी लिएर पहिलोपटक मिडियामा

बलिउड जोडी रणवीर कपुर र आलिया भट्टले पहिलोपटक ‘क्रिसमस डे’को अवसर पारेर छोरी राहालाई मिडियासामु देखाएका छन् । एक वर्षअघि छोरी जन्माएका ‘आर’जाेडीले ‘राहा कपुर’लाई मिडियाबाट टाढा राखेका थिए । 

सोमबार पहिलोपटक कपुर दम्पतीले छोरी राहाको अनुहार दुनियाँलाई देखाएका छन् । रणवीर र आलियाले छोरी जन्मिनेबित्तिकै फोटोग्राफरहरूलाई छोरीको फोटो नखिच्न अनुरोध गरेका थिए । उनीहरुको अनुरोधलाई स्वीकार गर्दै फोग्राफरहरूले पनि राहा कपुरको फोटो कहिले पनि सार्वजनिक गरेका थिएनन् । 

धेरैलाई  रणवीर कपुर र आलिया भट्टकी छोरी कस्ती होलिन् भन्ने कौतुहल थियो । सबैजना राहालाई हेर्न आतुर थिए । आखिर त्यो समय पनि आयो र राहालाई मिडियासामु देखाइयो ।  



राहा कपुर निकै नै प्यारी छिन् । उनको निलो आँखा र प्यारो मुस्कानले सबै दर्शकलाई मोहित पारेको छ । राहाको फोटो रिलिज हुनेबित्तिकै सामाजिक सञ्जालमा उनका तस्बिर भाइरल भइरहेको छन् ।

राहाको जन्म सन् २०२२ नोभेम्बर ६ मा भएको हो । गत महिना राहाको जन्मदिन धुमधामले मनाइएको थियो ।





  • प्रकाशित मिति : पुस ९, २०८० साेमबार १६:३६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया