logo-img

कोरियाली अभिनेता ली सन–क्युन मृत फेला

कोरियन अभिनेता ली सन–क्युन मृत फेला परेका छन् । 

चर्चित फिल्म ‘प्यारासाइट’मार्फत विश्वव्यापी ख्याति कमाउने अभिनेता क्युनविरुद्ध लागूऔषध प्रयोगको आरोप अनुसन्धान भइरहेको थियो । उनी बुधबार मृत फेला परेका हुन् । 

प्रहरीका अनुसार एक दिनअघि सुसाइड नोट छोडेर घरबाट निस्केका उनी फर्केका थिएनन् । 



आत्महत्या प्रयासको संकेतका आधारमा प्रहरीले उनलाई खोजी गरिरहेको थियो । मध्य सियोलको जोङ्नो जिल्लाको पार्कनजिकै बिहान आफ्नै कारमा उनी मृत फेला परेका हुन् ।  

शवलाई सियोल नेसनल युनिभर्सिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार १८:४६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया