logo-img

कलेजोलाई कसरी राख्ने स्वस्थ ? डा. रोशन घिमिरेको सुझाव

मानव शरीरको महत्त्वपूर्ण अंग हो, कलेजो । कलेजो मानव शरीरको पाचन प्रणालीअन्तर्गतको एक अंग हो । यो पेटको माथिल्लो भागमा दाहिनेपट्टि रहेको हुन्छ । यसको आकार तथा तौलका हिसाबले यो मानव शरीरको सबैभन्दा ठूलो ठोस अंग हो । 

कलेजोका कोषिकालाई हेपाटोसाइट्स भनिन्छ । कलेजोलाई पाचन प्रणालीअन्तर्गतको अंग भनिए तापनि यसले शरीरका अन्य प्रणालीसँग सम्बन्धित अरू थुप्रै कार्य पनि गरिरहन्छ । कलेजो हाम्रो शरीरको फिल्टर हो । 

हामीले जे खानेकुरा खान्छौँ, त्यो हाम्रो आन्द्रामा जान्छ । आन्द्राबाट रगतको नलीले शरीरलाई आवश्यक पर्ने तत्त्वहरूलाई लिन्छ । रगतको नलीले लिएको ती तत्त्वलाई कलेजोले फिल्टर गर्ने काम गर्छ । तत्त्वमा विकार पदार्थलाई फाल्छ, सुधार्न मिल्ने तत्त्वलाई सुधार्ने काम गर्छ । शरीरको महत्त्वपूर्ण अंगमा कसैले ध्यान दिएको देखिँदैन । तर, कलेजोको ध्यान राख्न एकदमै जरुरी रहेको छ । 



यस्ता छन् कलेजो रोग विशेषज्ञ डा. रोशन घिमिरेले दिएका सुझाव 

  • मादक पदार्थ सेवन गर्नु हुँदैन । थोरै मादक पदार्थको सेवन गर्दा स्वस्थ भइन्छ भन्ने भ्रम छ, यो कुनै तथ्यमा आधारित छैन । 
  • भाइरल हेपाटाइटिसले रगतको माध्यमबाट कलेजोमा असर गर्ने हुँदा यसबाट बच्न खोप लगाउनुपर्छ । 
  • कलेजोमा बोसो लाग्ने समस्याबाट छुटकारा पाउन तौल नियन्त्रणमा राख्नुपर्छ । 
  • स्वस्थ र सक्रिय जीवनशैली अपनाउनुपर्छ ।  
  • कलेजोको नियमित परीक्षण गराउनुपर्छ । सुरुवाती चरणमा रोग पत्ता लागे निको हुन्छ तर अन्तिम अवस्थामा भए रोग निको हुन गाह्रो हुन्छ । त्यसैले हामीले कलेजोलाई लिएर हेलचेक्रयाईँ गर्नु हुँदैन ।

(कलेजो रोग विशेषज्ञ डा. रोशन काठमाडौं मेडिकल कलेजमा कार्यरत छन् ।)
 





  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार ११:०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया