सफ्ट्वेरिका कलेजका २४८ विद्यार्थी दीक्षित

सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड ईकमर्सका २४८ जना विद्यार्थी दीक्षित भएका छन् ।

करिब डेढ दशकदेखि बेलायतस्थित कोभेन्ट्री विश्व विद्यालयको आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको कलेजले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर सन् २०२३ मा कम्प्युटिङ र इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटीमा स्नातक तह उत्तीर्ण गरेका २४८ जना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको हो ।

सफ्ट्वेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागि बधाई तथा शुभकामना दिएका थिए । आइटीको युग सुरु भएकाले अब यो क्षेत्रमा अवसर नै अवसर रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

कडा परिश्रम गर्न सकेको खण्डमा आइटी क्षेत्रमा विद्यार्थीको राम्रो भविष्य रहेको उनले उल्लेख गरे । आइटी क्षेत्रमा सरकार र निजी क्षेत्रसमेत लागेकाले आइटीसम्बन्धी अध्ययन गर्ने विद्यार्थीको भविष्य रहेको उनको भनाइ थियो ।

काम गरेर नै धेरै कुरा सिकिने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले दीक्षित सम्पूर्ण विद्यार्थीलाई आफ्नो क्षेत्रसँग सम्बन्धित जुनसुकै काम पाए पनि त्यसमा आबद्ध हुन आग्रह गरेका छन् ।

सफ्ट्वेरिका कलेज प्रमुख प्रमोद पौडेलले दीक्षित विद्यार्थीलाई बधाई दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए । 
कलेज प्रमुख पौडेलले अधिकांश दीक्षित विद्यार्थीले स्नातक उत्तीर्ण गर्नुअघि नै जागिर सुरु गरेकाले कलेजको सफलता र उपलब्धिमा थप उत्साह र उत्सव थपिएको बताए ।



नेपालमा पनि आइटी क्षेत्रमा राम्रो अवसर रहेकाले ती अवसरको फाइदा उठाउन विद्यार्थीलाई पौडेलले सुझाब दिए ।

काठमाडौंस्थित हायात होटलमा आयोजना गरिएको उक्त दीक्षान्त समारोहमा विद्यार्थीसँगै अभिभावकसमेत सहभागी थिए ।
 



  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार २०:५८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया