ट्रम्पलाई माइन राज्यले पनि दियो झट्का, राष्ट्रपतिको प्राथमिक मतदानमै भाग लिन अयोग्य घोषित

अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपतिको चुनावमा भागलिनको लागि एकपछि अर्को झट्का थपिँदै आएको छ । अमेरिकाको उत्तरपूर्वी राज्य माइनका शीर्ष निर्वाचन अधिकारीले ट्रम्पलाई राष्ट्रपतिको प्राथमिक चुनावमा आफ्नो राज्यमा अयोग्य घोषित गरिदिएका छन् । उनलाई अयोग्य घोषित गर्ने माइन दोस्रो राज्य हो ।

माइनका शीर्ष निर्वाचन अधिकारीले ट्रम्पलाई अर्को वर्षको अमेरिकी राष्ट्रपतिको प्राथमिक चुनावमा राज्य मतपत्रबाट अयोग्य घोषित गरेका हुन् । २०२१ को क्यापिटल हुल दंगामा ट्रम्पको भूमिकाका कारण संवैधानिक विद्रोहको प्रावधानलाई उद्धृत गर्दै मेन स्टेट सेक्रेटरी अफ स्टेट शेना ली बेलोजले ट्रम्पले २०२४ को राष्ट्रपतिको चुनावको होडमा भाग लिन नसक्ने फैसला गरेका हुन् ।

यो निर्णयपछि अब ट्रम्प रिपब्लिकन पार्टीको राष्ट्रपति पदका उम्मेदवार बन्न माइन राज्यमा हुने प्राथमिक निर्वाचनमा सहभागी हुन पाउने छैनन् । यसअघि कोलोराडो राज्यले ट्रम्पलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, यी दुई राज्यको निर्णयलाई अब ट्रम्पले अदालतमा चुनौती दिने सम्भावना छ ।

अन्य राज्यहरूमा ट्रम्पलाई अयोग्य ठहराउने यस्तै प्रयासहरू पनि भइरहेका छन् ।  





  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार १०:३७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया