पोखरा विमानस्थल बनाउन योजना बनाउनेलाई कारबाही हुनुपर्छ : राजकिशोर यादव
फाइल तस्बिर

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही गर्नुपर्ने बताएका छन् । 

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभापति यादवले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा कुनै दीर्घकालिन योजनाबिना विमानस्थलमा अर्बौंको लगानी गराउनेलाई कारबाही गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले बिना योजना विमानस्थलमा अर्बौं लगानी गराउनेहरू विमानस्थल चलेन भनेर उम्कन नपाउने उल्लेख गरे । यादवले योजना बनाउने सबै जना दोषीको भागिदार हुनुपर्ने बताए । उनले कुनै पनि लगानी बिना लक्ष्य, उद्देश्य र बिजनेस बिना गर्न नहुने बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो दीर्घकालीन परियोजना हचुवाको भरमा बनाउनुको पछाडि स्वार्थ रहेको भन्दै समितिले अध्ययन गर्ने उनको भनाइ छ । 

यादवले नेपालको हवाई उडान क्षेत्रको विकास गर्न सके मुलुकको जिडिपीमा सबैभन्दा बढी योगदान दिनसक्ने बताए ।

उनले नेपाललाई आर्थिक रुपमा समृद्ध, अन्तर्राष्ट्रियरूपमा सम्मान जनक ब्रान्डिङ र बेरोजगारीको समस्या समाधान गर्नको लागि हवाई क्षेत्रमा विकास गर्न जरुरी रहेको बताए । 





  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार १८:३०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया