logo-img

फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क

टेस्ला र स्पेसएक्स (साविकको ट्वीटर) का सीईओ एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको पछिल्लो रिपोर्ट अनुसार टेस्ला तथा स्पेसएक्सका मालिक मस्कले फ्रान्सेली अर्बपति बर्नाड अर्नाल्टलाई पछि पार्दै पहिलो स्थानमा पुनरागमन गरेका हुन् ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार २०२२ मा एलन मस्कले १ सय ३८ बिलियन डलरको घाटा बेहोरेका थिए । त्यसपछि बर्नार्ड अर्नाल्ट विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । मस्कले बिहीबार थप ९५.४ बिलियन डलर कमाइसकेका छन् । लक्जरी उत्पादनको मागमा कमी आएको छ ।

सेयरमा आएको गिरावटपछि अर्नाल्टको कुल सम्पत्ति एलोन मस्कको भन्दा ५० अर्ब डलरले कम भएको छ । ब्लूमबर्गका अनुसार एलोन मस्कको कुल सम्पत्ति अहिले २३२ बिलियन डलर पुगेको छ । 



अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो सम्पत्तिमा ७० बिलियन भन्दा बढी थपेका छन् । यो वर्ष मेटाका संस्थापक र सीईओ मार्क जुकरबर्गका लागि पनि राम्रो रह्यो, उनले ८० अर्ब डलरभन्दा बढी कमाएको बताइएको छ ।





  • प्रकाशित मिति : पुस १४, २०८० शनिबार ७:६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया