logo-img

प्रधानमन्त्री भेट्न सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा, के राख्दै छन् केन्द्र सरकारसँग माग ?

संघीयता कार्यान्वयन नभए संघर्ष गर्ने चेतावनी दिएका मुख्यमन्त्रीहरू शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्दै छन् । 

संघीय सरकारले अझैसम्म अधिकार प्रत्यायोजन नगरेर प्रदेशलाई असहयोग गरेको भन्दै हेटौडामा दबाबका कार्यक्रम तय गरेका मुख्यमन्त्रीहरू भेला सकिए लगत्तै काठमाडौं आएका हुन् । 

सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनमा संघीय सरकार गम्भीर नभएको भन्दै अब पनि बेवास्ता गरेमा संघर्षमा जाने चेतावनी दिएका हुन् । मुख्यमन्त्रीहरूले प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । 



प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्न, साझा अधिकारका विषयका कानुन निर्माणमा सहकार्य गर्न, राष्ट्रिय वनलगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजस्व बाँडफाँट, वित्तीय हस्तान्तरण लगायतका माग उनीहरूले अघि सारेका छन् । 





  • प्रकाशित मिति : पुस १४, २०८० शनिबार ८:२७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया