logo-img

हेल्थ टिप्स : जाडोमा अपनाउनुपर्ने यी १० सावधानी

जाडो मौसमसँगै विभिन्न खालका स्वास्थ्य समस्याहरू देखा पर्ने गर्दछन् । त्यसैले जाडोको समयमा चिसोका कारण हुने विभिन्न खालका रोगबाट मानिसहरू पीडित हुने गर्छन् । चिकित्सकहरूले जाडोमा अपनाउनुपर्ने यस्ता सुझाव दिन्छन् : 

१) पानी प्रशस्त पिउने

शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ ।



२) वार्म अप गर्ने

शारीरिक व्यायाम सुरु गर्नु भन्दा अघि (५–१० मिनेट) शरीरलाई सक्रिय बनाउने अनि व्यायाम गर्ने ।

३) हिँडाइको गति कम गर्ने



चिसोमा मुटुमा जोखिम घटाउन हिँडाइको स्पिड कम गरेर, हिँडाइको अवधि बढाउनु सुरक्षित उपाय हुन्छ ।

४) चिसो हावा र पानी परेको बेलामा



यस्तो बेलामा घर बाहिर व्यायाम गर्न निस्किनु हुँदैन ।

५) मदिरा र चुरोटको सेवन

जाडो महिनामा मुटुमा हुने असरलाई मदिराले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु राम्रो हुन्छ ।

६) धेरै चिल्लो खाना

जाडोमा कोलेष्ट्र्रेल बढ्ने हुनाले, धेरै चिल्लो, फ्राई, पार्टी भोजको बेलामा सर्तक हुनु पर्छ ।

७) सुगर, प्रेसर, कोलेस्ट्रेलको राम्रो नियन्त्रण

जाडो महिनामा प्रेसर र कोलेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियन्त्रण गर्न जरुरी छ ।

८) चिसोमा हिड्दा छाती दुख्नु

मुटु रोगको प्रमुख लक्षण एन्जाइना चिसोमा बढी देखिन्छ र यस्तो छ भने डाक्टरलाई देखाउन जरुरी छ ।

९) औषधिको नियमित प्रयोग

मुटुरोग प्रेसर, सुगर, कोलेस्ट्रोल आदिको औषधि नटुटाइकन नियमित खानु पर्छ ।

१०) व्यायामको बेलामा चिसो बाट सुरक्षा

यसको लागि पर्याप्त लुगा लगाएर विशेष गरेर टाउको, कान, हात छोपेर हिँड्नुपर्छ । 

  • प्रकाशित मिति : पुस १५, २०८० आइतबार १०:३०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया