बालकुमारी घटनाको विरोधमा युवा संघको प्रदर्शन, गृह र भौतिकमन्त्रीको राजीनामा माग

बालकुमारी घटनाका दोषीमाथि कारबाहीको माग राख्दै एमाले भ्रातृसंगठन राष्ट्रिय युवा संघले आइतबार प्रदर्शन गरेको छ । ललितपुरको बालकुमारीमा गत शुक्रबार भएको प्रदर्शनका क्रममा दुई युवाको ज्यान गएको थियो । 

कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

उक्त घटनालाई लिएर युवा संघले बालकुमारी चोकमा प्रदर्शन गरेको हो । प्रदर्शनका सहभागी मंगल थापाले युवाहरुलाई दमन गर्ने, मार्ने सरकार र गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राखे ।

उनले शुक्रबार भएको घटना राष्ट्र र युवाको लागि स्वीकार्य नभएको भन्दै यस्ता कार्यको विरुद्धमा राष्ट्रिय युवा संघ निरन्तर लागिरहेको बताए । 

उनले भने, ‘नेपालका युवाहरुलाई दमन गर्ने, मार्ने यो सरकार र गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । अब सरकारमा बस्ने कुनै पनि नैतिक अधिकार छैन । युवा मार्न बन्द गर्नुपर्छ, राज्यको दमन हामीलाई स्वीकार्य छैन ।’ 

प्रदर्शनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका थिए ।





  • प्रकाशित मिति : पुस १५, २०८० आइतबार २०:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया