logo-img

प्रिमियर लिगमा फुलहमसँग हार्‍यो आर्सनल

इंग्लिस प्रिमियर लिगको सन् २०२३ को अन्तिम खेलमा शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिएको आर्सनल फुलहमसँग पराजित भएको छ । 

गएराति सम्पन्न खेलमा सुरुआती अग्रता लिएको आर्सनलले अन्तिममा १–२ को नतिजा सुम्पिन वाध्य भएको हो । यो हारसँगै आर्सनले ४० अंकका साथ चौथो स्थानमा रहँदा जित निकालेको फुलहम १३ औं स्थानमा उक्लिएको छ । 



फुलहमविरुद्ध आर्सनलले सुरुआती अग्रता भने लिएको थियो । आर्सनललाई अग्रता बकायो साकाले दिलाएका थिए । उनले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । तर, २९ औं मिनेटमा राउल एलेन्सो गिमिनेजले गोल गर्दै फुलहमलाई खेलमा बराबरी ल्याए । 

उनले टम केरिनीको पासमा गोल गरे । यस्तै, बोबी रेइडले ५९ औं मिनेटमा गोल गर्दै फुलहमलाई २–१ ले जित दिलाए । प्रिमियर लिगमा लिभरपुल ४२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा एस्टन भिल्ला समान अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

म्यानचेस्टर सिटी र आर्सनलको समान ४० अंक भए पनि गोल अन्तरमा सिटी तेस्रो स्थानमा रहेको छ । 





  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार ८:९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया