logo-img

लोकतन्त्र र गणतन्त्र ल्याउन लडेकाहरूबाटै गणतन्त्रलाई खतरा छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र ल्याउन लडेकाहरूबाटै यो व्यवस्थालाई जोखिम भएको बताएका छन् । कांग्रेसले राजधानीमा सोमबार आयोजना गरेको ४८औं मेलमिलाप दिवसको कार्यक्रममा उनले लोकतन्त्र, गणतन्त्रको सीमाभित्र सुशासन दिन सकिने भए पनि त्यो गर्न नसकेको जनताका अगाडि इमान्दारीपूर्वक स्वीकार गर्नुपर्ने बताए । 

उनले भने, ‘हामी लडेर लोकतन्त्र, गणतन्त्र त ल्यायौं तर हामीबाट नै यसलाई खतरा छ हामी सजग हुनुपर्छ । अहिले पनि जनतामा व्यापक असन्तुष्टि छ ।को प्रतिभन्दा लोकतन्त्र, गणतन्त्र ल्याउनेप्रति । हामीले ल्याएको लोकतन्त्र, गणतन्त्रको सीमाभित्र जनताले चाहेजतिको सुशासन दिन सकिन्थ्यो, भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिन्थ्यो, त्यसमा हामी इमान्दारीपूर्वक नेपाली जनता अगाडि स्वीकार गर्नुपर्छ हामी त्यो काम गर्न सकिरहेका छैनौं ।’

बीपी कोइरालाले अगाडि बढाएको अभियानलाई आत्मसात गरेर अगाडि बढन नसकेको भन्दैजनता र राज्यलाई केन्द्रमा राखेर राजनीति नगर्ने हो भने बीपीको नाम मात्रै लिएर केही नहुने उनले बताए । 



उनले भने, ‘बीपीले जुन अभियानको लागि संघर्ष गर्नुभयो त्यसलाई हामीले आत्मसात गरेर अगाडि बढ्या छौ जस्तो मलाई लागेको छैन । राजनीति गर्ने भनेको जनता र राज्यलाई केन्द्रमा राखेर गर्ने हो यसरी हामी राजनीति गर्दैनौ भने हामीले बीपीको नाम लिनुको अर्थ के हुन्छ ।’

नेपाली कांग्रेसले वामपन्थीलाई हेर्ने दृष्टिकोण फरक थियो र वामपन्थीको पनि कांग्रेसलाई हेर्ने दृष्टिकोण फरक रहेको बिगतको चर्चा गर्दै उनले सबैलाई एउटै स्थानमा लोकतन्त्रले ल्याएको उनले बताए । कांग्रेस र वामपन्थीबीचको एकता मुख्य योजनाभनेको लोकतन्त्र, गणतन्त्र भएको भनाइउनले राखे ।





  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार १७:१९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया