logo-img

प्रकाश सपुतको ‘मुटु कटक्कै’ सार्वजनिक

गायक प्रकाश सपुतले ‘मुटु कटक्कै’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । उनले सोमबार आफ्नो युट्युब च्यानलमार्फत सो गीत सार्वजनिक गरेका हुन् ।

गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ । स्वरमा उनलाई प्रताप दास र कुशल बेलबासेले साथ दिएका छन् । गीतमा चोखो माया नलाको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको व्यक्ति नहुने भाव व्यक्त गरिएको छ । 

गीतको भिडियोमा प्रकाश सपुत र कुसुम शर्मा, रोश्नी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, प्रखर सपुत, विशाल घिमिरे, मिलन विश्वकर्मालाई देख्न सकिन्छ । 



नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका छन् ।  





  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार १२:१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया