खेलाडीलाई बालेनको हौसला : पदक ठूलो होइन‚ अरूलाई पनि खेल्न प्रेरित गर्नुहोस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पदक जित्नु ठूलो कुरा नभइ अरूलाई पनि आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा रहेको बताएका छन् । काठमाडौंको दशरथ रंगशालामा सुरु भएको तीनदिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनमा उनले यस्तो बताएका हुन् । 

प्रतियोगितामा करिब ३ हजार २ सय विद्यार्थीले सहभागी भएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताए । उनले यो संख्यालाई आगामी दिनमा बढाएर १० हजारले भाग लिनसक्ने आकर्षण बिन्दु बनाउन विद्यार्थीलाई आग्रह गरे । 

‘आजबाट शुरु हुने तीनदिने राष्ट्रपति रनिङ शिल्डमा अहिले ३ हजार २ सय जना विद्यार्थीले भाग लिनुभएको छ। आगामी दिनमा ५ हजार, १० हजारले भाग लिनुहोस्। मेडल ल्याउनु ठूलो कुरा होइन, अरूलाई पनि इन्स्पायर बनाएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा हो,’ उनले भने ।

मेयर साहले वर्ल्डकप र ओलम्पिक जित्नुस् भन्ने दबाब आफूले नदिने बरु आफूसँगै अरूलाई पनि खेल्न प्रेरित गर्न आग्रह गरे । 





  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार १४:३५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया