अस्ट्रेलियाले भारतलाई १९० रनले हरायो, सिरिज गर्‍यो ‘क्लिन स्विप’

भारतविरुद्धको महिला एकदिवसीय सिरिज पाहुना टोली अस्ट्रेलियाले क्लिनस्विप गरेको छ ।

गएराति सम्पन्न अन्तिम खेलमा भारतलाई १९० रनले हराउँदै अस्ट्रेलियाले तीन खेलको सिरिज ३–० ले क्लिन स्विप गरेको हो । उसले पहिलो र दोस्रो खेल क्रमशः ६ विकेट र तीन रनले जितेको थियो ।

भारतले भने सिरिजमा खराब प्रदर्शन गर्‍यो । तेस्रो खेलमा अस्ट्रेलियाले दिएको ३ सय ३९ रनको लक्ष्य पछ्याएको भारत ३२.४ ओभरमा १ सय ४८ रनमै अलआउट भयो ।

उसका लागि स्मृति मान्धनाले २९, दीप्ती शर्मा र जेमिमाह रोड्रिग्जले २५/२५ रन बनाए । बाँकी ब्याटरको प्रदर्शन भने सम्झनलायक रहन सकेन ।  

अस्ट्रेलियाका लागि जर्जिया वेयरहामले ६.४ ओभरमा २३ रन दिएर सर्वाधिक तीन विकेट लिइन् । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३८ रन बनायो ।



उसका लागि ओपनिङ ब्याटर फोबी लिचफिल्डले शतकीय इनिङ खेलिन् । १२५ बलको सामना गरेकी उनले १६ चौका र एक छक्कासहित ११९ रन बनाइन् । 



यस्तै, कप्तान एलिसा हेलीले ८२, एश्लेघ गार्डनरले ३०, अलाना किंगले अविजित २६ र अन्नाबेल सदरल्याण्डले २३ रन बनाए । भारतका लागि श्रेयंका पाटिलले १० ओभरमा ५७ रन दिएर सर्वाधिक तीन विकेट लिइन् ।  
 

  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार ७:३८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया