क्वालिटी इन्टरटेन्मेन्ट अवार्डमा सागर जोशीले जिते ‘उत्कृष्ट गायक’ को अवार्ड

सञ्चारकर्मी तथा गायक सागर जोशीले क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड २०२३ मा पप लोक विधाअन्तर्गत ‘उत्कृष्ट गायक’को अवार्ड प्राप्त गरेका छन् । जोशी र गायिका रचना रिमालले गाएको ‘बाडुल्की’ बोलको गीतले यस वर्षको अवार्ड प्राप्त गरेको हो । 

यही गीतबाट मोडल विकास सुवेदीले पनि उत्कृष्ट मोडेलको अवार्ड हात पारे । हिमांशु रायमाझीले लेखेको यस गीतमा कृष्ण पाण्डेको संगीत  छ । 

यस्तै, उत्तम श्रेष्ठ शिशिरले खिचेको गीतको भिडियोमा सुवेदी र समारिका ढकालको मोडलिङ रहेको छ । 





  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार ९:३९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया