पूर्वराजाले राप्रपाका नेताहरूसँग के भने ?

राप्रपाका शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । मंगलबार भैरहवा पुगेका राप्रपा नेताहरुले बुधबार पूर्वराजासँग भेटवार्ता गरेका हुन् ।

भेटमा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दीपक सिंह सहभागी थिए ।

भेटमा देशको पछिल्लो अवस्थाबारे छलफल भएको बताइएको छ । राप्रपा नेताहरूसँग पूर्वराजाले राजनीतिक दलले प्रतिबद्धता पूरा नगरेको, भ्रष्टाचार र आर्थिक मन्दी व्यापक छाएको, युवाहरुको विदेश पलायन डरलाग्दो रहेको भन्दै असन्तुष्टि राखेका थिए । 

पूर्वराजाले राप्रपा नेताहरूसँग युवाहरूले देश छाड्ने क्रममा रोक लगाउने योजना के छ ? भनेर सोधेका थिए । यही क्रमले देश वृद्धाश्रमजस्तो बन्ने भन्दै उनले चिन्ता व्यक्त गरेका थिए । 

राप्रपाले फागुनदेखि गर्न लागेको आन्दोलनबारे पनि छलफल भएको बताइएको छ । राप्रपाले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र पुनर्स्थापनाको माग राख्दै फागुनबाट आन्दोलन गर्ने घोषणा गरेको छ । 





  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार १७:५०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया