पिएसजीले १२औँपटक जित्यो फ्रेन्च सुपर कपको उपाधि

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले १२औँ पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । गएराति सम्पन्न खेलमा टुलुजविरुद्ध २–० को सहज जित हात पार्दै पिएसजीले सर्वाधिक १२औँ पटक उपाधि जितेको हो ।   

पिएसजीलाई उपाधि दिलाउनेक्रममा ली काङ–इनले खेलको तेस्रो मिनेटमै गोल गरे । भिटिन्हाको उत्कृष्ट क्रसमा डेम्बेलेले मिलाएको बलमा लीले पोस्ट नजिकबाट गोल गरे । यही खेलमार्फत ओस्मान डेम्बेले १५ दिनपछि खेलमा फर्किएका थिए।

४४ औं मिनेटमा केलियन एम्बाप्पेले अर्को गोल गर्दै अग्रता दोब्बर पारे । घरेलु मैदानमा  यो उनको १११ औँ गोल हो ।  





  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार ८:५२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया