विश्वकप छनोट खेल्ने नेपाली यू-१९ क्रिकेट टिमको बिदाइ

दक्षिण अफ्रिकामा आयोजना हुने यू १९ विश्वकप क्रिकेटका लागि नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार नेपाली टोलीलाई बिदाइ गरेको हो । देव खनालकै कप्तानीमा नेपाली टोलीले यू १९ विश्वकप खेल्ने छ भने गुलसन झा पनि टोलीमा समेटिएका छन् ।

नेपालले जनवरी २१ तारिखमा न्यूजिल्याण्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । त्यसअघि १३ र १६ तारिखमा स्कटल्याण्ड र वेस्टइन्डिजसँग अभ्यास खेल खेल्नेछ । बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का  सचिव टङकलाल घिसिङले अझै पनि नेपाली खेलाडीले प्राप्त गर्नुपर्ने सुविधा र खेलकुदमा लगानीको क्षेत्र व्यापक रूपले बढवा गर्नुपर्ने आवश्यक रहेको बताए । 

उनले खेलाडीहरूले खेललाई जसरी माथि पुर्‍याएका छन् त्यसले सिङ्गो राज्यलाई, खेलकुद क्षेत्रलाई प्राथमिकता दिन ठूलो तागत मिलेको टिप्पणी गरे । 

यू-१९ विश्वकप क्रिकेट टोलीमा को को ?

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसनकुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन् ।  





  • प्रकाशित मिति : पुस २०, २०८० शुक्रबार १२:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया