हर्कको निम्ता मान्न धरान पुगे बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह शुक्रबारदेखि सुरु भएको धरान डे उत्सवको उद्‍घाटन गर्न धरान पुगेका छन् ।

उनलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सो उत्सवमा अतिथिका रूपमा निमन्त्रणा गरेका थिए । काठमाडौंका मेयर शाह र धरानका मेयर सम्पाङबीच सुरुदेखि नै सहयोग आदानप्रदान हुँदै आएको छ ।  

यसअघि सो कार्यक्रमको प्रमुख अतिथिका रूपमा मेयर साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डको सचिवालयले प्रधानमन्त्री व्यस्तताका कारण धरान आउन नसक्ने जानकारी दिएपछि मेयरले असन्तुष्टि पोखेका थिए । 





  • प्रकाशित मिति : पुस २०, २०८० शुक्रबार १५:२३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया