बोलोग्ना र जेनोवाले खेले एक-एक गोलको बराबरी

इटालियन सिरी ए फुटबलमा बोलोग्ना र जेनोवाले बराबरी खेलेका छन् । शुक्रबार राति भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

बोलोग्नाका लागि लोरेन्जो डि सिल्वेस्ट्र र जेनोवाका अल्वर्ट गुडमन्डसनले एक–एक गोल गरेका थिए । जेनोवाले खेलको २०औँ मिनेटमा सुरुवाती गोल गरे पनि बोलोग्नाले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल रोक्न नसक्दा बराबरीमा चित्त बुझाउनु पर्यो ।

यो बराबरीपछि बोलोग्ना १९ खेलबाट ३२ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा रहेको छ भने जेनोवा २२ अंकका साथ १२औँ स्थानमा छ ।





  • प्रकाशित मिति : पुस २१, २०८० शनिबार ८:१२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया