भारतसँग विद्युत् खरिद सम्झौताले मुलुकको स्वाधिनतामा आँच पुग्छ : ईश्वर पोखरेल

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधिनतामा आँच आउने गरी भारतसँग विद्युत् खरिद सम्झौता गरेको आरोप लगाउनुभएको छ । 

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा सरकारले गरेको विद्युत खरिद सम्झौतामा नेपालको स्वधिनतामाथि आँच आउने खालको प्रावधान रहेको उनको जिकिर थियो । शनिबार पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्ते दाबी गरेका हुन् ।  

भारतीय विदेश मन्त्रीसँगको छलफलबारे सरकारले आफ्नो पार्टीसँग छलफलसमेत नगरेको भन्दै उनले आपत्ति जनाए । सत्तारुढ गठबन्धनले मुलुकका स्वाधिनता र स्वतन्त्रतामा मुद्दालाई धुमिल बनाउने काम गरेको भन्दै उनले त्यसलाई चिर्नका लागि राष्ट्रिय शक्तिहरु एकताबद्ध हुनुपर्ने बताए । 

सत्तारुढ गठबन्धनले सामाजिक सदभावमाथि आँच पुर्याउने काम गरिरहेको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले त्यसलाई जोगाउनका लागि पनि सबैलाई एमालेमा गोलबद्ध हुन पनि अनुरोध गरे । उनले भने, ‘मुलुकको भूराजनीतिक संवेदनशीलताका कारणले हामीहरु धेरै किसिमका संकटहरु झेल्नका लागि अभिशप्त बन्दै छौँ । यसलाई चिर्नका लागि राष्ट्रिय शक्तिहरुको एकताबद्ध हुनुपर्ने आवश्यकता छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धिको लागि केपी ओली नेतृत्वको सरकारले अघि बढाएका महत्वपूर्ण विकास आयोजनाहरुलाई वर्तमान सरकारले अघि बढ्न नदिएको पनि आरोप लगाए । 





  • प्रकाशित मिति : पुस २१, २०८० शनिबार १६:४२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया