logo-img

उपेन्द्र यादवले किन गरे प्रदेश खारेजको माग ?

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको समावेशी मर्मअनुसार मुलुक अगाडि बढ्न नसकेकाले प्रदेश व्यवस्था पुनःसंरचना गर्नुपर्ने बताएका छन् । संघीय गणतन्त्र र धर्मनिरपेक्षताका विरोधीहरु मैदानमै उत्रेर लागिपरेको अवस्था भएकाले सजग हुनुपर्ने पनि बताएका छन् । 

ललितपुरमा शनिबार आयोजित समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति गठन कार्यक्रममा उनले संघीय प्रणालीले प्रादेशिक संघीय स्तरमा विविधतालाई सम्बोधन गर्न सहज हुने देखेर त्यसका विरोधी सक्रिय भएको बताए । सबैको पहुँचका लागि समावेशिता आवश्यक रहेको र यसका लागि संघीय प्रणालीको विकल्प नभएको जिकिर उनले गरे । 

उनले भने, ‘राज्यको संरचनामा संघीयतामा जानुपर्ने कारण के हो भने विविधतालाई एकात्मक शासन प्रणाली सम्बोधन गर्न सकेन । संघीय प्रणालीले प्रादेशिक संघीय स्तरमा विविधतालाई सम्बोधन गर्न सहज हुन्छ र दुनियाँका धेरै मुलुकहरुले त्यस्ता सम्बोधन गर्न सफल भएकाले संघीयता ल्याएका हौँ । तर, अहिले संघीयता, गणतन्त्र, यो दुईवटा कुराको विरुद्धमा र धर्मनिरपेक्षताका विरुद्धमा मैदानमै उत्रेर लागेका छन् ।’

उनले समावेशिताको हालत धमिराले भित्रभित्रै बाँसलाई खाएर कुहाएको जस्तो रहेको टिप्पणी गरे । संघीय प्रणालीलाई पहिचानमा आधारित बनाउन प्रदेश खारेज गरी पुनः संरचना गर्नुपर्ने उनको भनाइ थियो । 

उनले भने, ‘समावेशितालाई भित्रभित्रै धमिराले बाँसलाई खाँदाखाँदै भित्रभित्रै कुहाइदिएको जस्तो हालत छ । त्यसैले समावेशिता संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जनताको मौलिक हकजस्ता महत्वपूर्ण अधिकारको रक्षा गर्दै संघीय प्रणालीलाई पहिचानमा आधारित बनाउने र त्यही आधारमा राज्यलाई फेरि पुनःसंरचना गर्न सातवटा प्रदेश खारेज गर्ने काम गर्न सक्यौँ भने त्यही नै समाजवादको पूर्वाधार हो ।’





  • प्रकाशित मिति : पुस २१, २०८० शनिबार १८:३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया