logo-img

सत्ता गठबन्धनका नेता खनालको ठहर : सरकारले देश हितविपरीत काम गर्यो

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैँ योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको आरोप लगाएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेपालजस्तो स्वतन्त्र मुलुकले अरू कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याउने गरीकन कुनै पनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हितविपरीत भएको उनको दाबी छ । 

छिमेकी देशले दिने अनुदान आफूहरु सहर्ष स्विकार्न तयार रहेको, तर कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याउने सम्झौता हुनु देशका लागि नराम्रो भएको उनको ठम्याइ छ । 

‘नेपाल दक्षिण एसियाको सबैभन्दा जेठो र पुरानो मुलुक पनि हो । हाम्रो देशलाई अहिलेसम्म कसैले प्रभुत्वमा राख्न सकेका छैनन् । त्यसैले नेपालको स्वतन्त्रता दिवस पनि छैन,’ उनले भने, ‘यस्तो स्वतन्त्र मुलुकले अरू कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याउने गरीकन कुनैपनि प्रकारका परियोजना बनाउने कुराहरु हाम्रो राष्ट्रको हितको कुरा हुँदैन ।’





  • प्रकाशित मिति : पुस २१, २०८० शनिबार १९:२०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया