गठबन्धनसँग मिलेर जाने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता गठबन्धनसँग सहकार्य गर्न इच्छा देखाएको छ । शनिबार पार्टी कार्यालयमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पदन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनसँग मिलेर जान छलफल गर्ने निर्णय गरेको हो ।

राप्रपाले यसबारे छलफल गर्न कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ । बैठकले गठबन्धनले भाग नदिएमा आफ्नो ढंगले उम्मेदवारी दिने निर्णय गरेको छ । 

सहमति नभएमा अर्को बैठक बसेर उम्मेदवारीबारे पार्टीले ठोस निर्णय गर्ने बताइएको छ । आजको बैठकमा प्रदेशहरूमा प्राप्त उम्मेदवारीको सूचीबारे सामान्य छलफल पनि भएको छ ।





  • प्रकाशित मिति : पुस २१, २०८० शनिबार २०:२५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया